२८ पुस, काठमाडौं । तारगाउँ रिजेन्सी होटलले ८.४२ प्रतिशत लाभांश दिने भएको छ । २६ पुस मंगलबार बसेको सञ्चालक समितिकेा बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजारको ८.४२ प्रतिशतले हुन आउने १५ करोड ८८ लाख ७६ हजार १२६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीकोे प्रस्तावित लाभांश आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।