बिहीबार , असोज ३ गते २०८१

माया खोला हाइड्रो पावर कम्पनीको सेयर बाँडफाँट कार्य सम्पन्न

माया खोला हाइड्रो पावर कम्पनीको सेयर बाँडफाँट कार्य सम्पन्न

अखबार दैनिक
बुधबार, पुस २७ २०७९
  • माया खोला हाइड्रो पावर कम्पनीको सेयर बाँडफाँट कार्य सम्पन्न

    काठमाडौं । माया खोला हाइड्रोको सेयर बाँडफाँड कार्य सम्पन्न भएको छ । प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको कम्पनीको जारी पुँजीको १० प्रतिशतले हुन आउने १० करोड रकम बराबरको १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण सेयर मध्ये आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको सेयर बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।

    images

    संखुवासभा जिल्लाको चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा. को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ का स्थायी बासिन्दाका लागि ६ लाख र प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा.को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ बाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकका स्थायी बासिन्दाका लागि ४ लाख कित्ता साधारण सेयरहरु कम्पनीले बाँडफाँड गरेको थियो । यी सेयर गत मंसिर २३ देखि पुस १७ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो ।


    बाँडफाँड भएको सेयरमध्ये अति प्रभावितमा इक हजार सात सय ७२ आवेदकबाट प्राप्त छ लाख ९० हजार नौ सय ४० कित्ताको लागि प्राप्त आवेदनबाट १० कित्ता देखि एक हजार दुई सय कित्तासम्म आवेदन दिनेलाई सम्पूर्ण कित्ता गरी जम्मा पाँच लाख २१ हजार छ सय २० कित्ता र एक हजार दुई सयभन्दा बढी नौं हजार पाँच सय २० कित्ता सेयरको लागि आवेदन दिने प्रत्येक आवेदकलाई एक हजार दुई सय कित्ता गरी ७८ हजारसहित पाँच लाख ९९ हजार छ सय २० कित्ता साथै बाँकी रहेको तीन सय ८० कित्ताको लागि एक हजार तीन सय कित्तादेखि नौं हजार पाँच सय २० कित्ता सम्म आवेदन दिने ६५ जनामध्ये ३८ जना हरेकलाई १० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

    साथै प्रभावितमा दुई हजार ६२ जना आवेदकहरुबाट चार लाख एक हजार आठ सय कित्ताको लागि आवेदन प्राप्त भएकोमा रितपूर्वक प्राप्त भएका आवेदनहरु मध्ये चार लाख कित्ता सेयर धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ