आइतबार, जेठ ६ गते २०८१

निर्देशक दीपक श्रेष्ठको फिल्ममा दयाहाङ राई

निर्देशक दीपक श्रेष्ठको फिल्ममा दयाहाङ राई

अखबार दैनिक
बुधबार, पुस २७ २०७९
  • निर्देशक दीपक श्रेष्ठको फिल्ममा दयाहाङ राई

    निर्देशक दीपक श्रेष्ठले नयाँ फिल्मको निर्देशन गर्ने भएका छन्। अनटाइटल फिल्मको कथा निर्देशक श्रेष्ठले नै तयार पार्नेछन्। फिल्ममा अभिनेता दयाहाङ राई अनुबन्धित भसकेका छन्। निर्माणपक्ष र दयाबीच बुधबार लिखित सम्झौता भएको हो। फिल्मका लागि एक अभिनेता र एक अभिनेत्री केही दिनमा फाइनल गरिने निर्माणपक्षले बताएको छ।

    images

    ‘यो फिल्मलाई हामी लभस्टोरी र कमेडी कथामा निर्माण गर्दैछौं। फिल्मको छायांकन सिक्किम र इलाममा हुनेछ,’ निर्देशक श्रेष्ठले भने।माघ २० गतेबाट फिल्मको छायांकन सुरु हुनेछ।  

    केबल तामाङको प्रस्तुतिमा तयार हुने फिल्ममा कोमल गुरुङको लगानी रहनेछ। सुरज आचार्य हेड अफ प्रोडक्शन रहने फिल्ममा सौरभ लामाको छायांकन रहने पक्का भएको छ । प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार