बिहीबार , असोज ३ गते २०८१

सुनको भाउ घट्दा चाँदीको स्थिर, आज कतिमा हुँदैछ कारोबार?

सुनको भाउ घट्दा चाँदीको स्थिर, आज कतिमा हुँदैछ कारोबार?

अखबार दैनिक
बुधबार, पुस २७ २०७९
  • सुनको भाउ घट्दा चाँदीको स्थिर, आज कतिमा हुँदैछ कारोबार?

    नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो।  

    त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ