आइतबार, जेठ ६ गते २०८१

ऋतिक रोशनले प्रेमीका सबा आजादसँग दोस्रो विवाह गर्ने

ऋतिक रोशनले प्रेमीका सबा आजादसँग दोस्रो विवाह गर्ने

अखबार दैनिक
मंगलबार, पुस २६ २०७९
  • ऋतिक रोशनले प्रेमीका सबा आजादसँग दोस्रो विवाह गर्ने

    एजेन्सी । भारतीय अभिनेता ऋतिक रोशनले प्रेमीका सबा आजादसँग दोस्रो विवाह गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार ऋतिकले मंगलबार आफ्नो ४९ औं जन्मदिन मनाइरहेका छन् । उनी फिल्मका साथै आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा छन्। यसैगरी ऋतिकको प्रेम जीवन पनि चर्चामा रहेको छ ।

    images


    ऋतिकको नाम अहिले गायिका सबा आजादसँग जोडिएको छ । ऋतिक र सबा सधै सँगै देखिने गरेका छन् । केही दिन अघि मात्रै यी दुईको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । जसमा सबा ऋतिकको परिवारसँग देखिएकी थिइन् ।

    ऋतिक र सबाले छिटै विवाह गर्ने चर्चा धेरै पहिला देखि चलिरहेको थियो । तर, अहिलेसम्म यसबारे उनीहरूले कुनै पनि आधिकारिक घोषणा गरेका छैनन् । तर, भारतीय सञ्चार माध्यमले ऋतिक र सबा विवाह गर्ने तयारीमा रहेको दाबी गरेका छन् । उनीहरूको विवाह भव्य नहुने पनि बताएका छन् । ऋतिक र सबाको विवाहमा उनीहरुका परिवारका सदस्य र नजिकका साथीहरु मात्रै सहभागी हुने समाचारमा उल्लेख छ ।

    ऋतिकले सन् २००० मा सुजैन खानसँग पहिलो विवाह गरेका थिए । सुजैन र ऋतिकको सन् २०१४ मा सम्बन्धविच्छेद भएको थियो । सुजैन र ऋतिकका दुई सन्तान छन् । हाल ऋतिक सबासँग प्रेम सम्बन्धमा छन् भने सुजैन पनि अरसलान गोनीसँग प्रेम सम्बन्धमा छिन् ।

    ऋतिक र सबा दुवैले आफ्नो विवाहको योजना बनाइरहेका र यो वर्षको अन्त्यसम्ममा उनीहरूले विवाह गर्ने योजना बनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार