मंगलबार, मंसिर ११ गते २०८१

इलामको सुकिलुम्बा विमानस्थलमा हरेक आइतबार उडान हुने

इलामको सुकिलुम्बा विमानस्थलमा हरेक आइतबार उडान हुने

अखबार दैनिक
मंगलबार, पुस २६ २०७९
  • इलामको सुकिलुम्बा विमानस्थलमा हरेक आइतबार उडान हुने

    काठमाडौं । काठमाडौंबाट इलामको सुकिलुम्बा विमानस्थलमा अब हरेक आइतबार नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले इलाममा नियमित उडान हुने दिन तोकेको हो । नेपाल एयरलाइन्सका अनुसार १ माघमा नियमित उडानका लागि जहाज जाने छ । त्यसपछि हरेक आइतबार यस विमानस्थलमा काठमाडौंबाट उडान हुने छ ।

    images

    काठमाडौंबाट इलाम करिब १ घण्टाको उडान दुरीमा रहेको छ । इलाम पूर्वी नेपालको लोकप्रिय पर्यटकीय गन्तव्य हो । यो विमानस्थलमा गत वर्ष तारा एयरले नगरपालिकासँगको समन्वयमा केही उडान गरेको थियो ।


    तर, नगरपालिकासँगको सम्झौता सकिएपछि ताराले उडान नियमित गर्न सकेको थिएन । इलाममा दार्जिलिङसहित पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने भएका कारण नेवानिलाई यहाँ उडान गर्न आह्वान गरिएको इलाम नगरपालिकाका मेयर केदार थापाले जानकारी दिए । इलाम पर्यटकीय नगरी भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने उनले बताए । इलाममा ६७० मिटर लम्बाई र २० मिटर चौडाइको पक्की विमानस्थल बनेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार