आइतबार, जेठ ६ गते २०८१

‘लाखे’ निर्माताको नयाँ फिल्म निर्देशन गर्दै दीपेन्द्र

‘लाखे’ निर्माताको नयाँ फिल्म निर्देशन गर्दै दीपेन्द्र

अखबार दैनिक
मंगलबार, पुस २६ २०७९
  • ‘लाखे’ निर्माताको नयाँ फिल्म निर्देशन गर्दै दीपेन्द्र

    फिल्म समीक्षकको रुपमा परिचित दीपेन्द्र लामा अहिले फिल्म निर्देशनमा जमिरहेका छन् । फिल्म ‘घामपानी’बाट निर्देशकिय यात्रा थालेका उनले ‘गोपी’, ‘छ माया छपक्कै’ र यस वर्ष प्रदर्शित फिल्म ‘दुई नम्बरी’को निर्देशन गरिसकेका छन् । यसमध्ये ‘छ माया छपक्कै’ ब्लकबस्टर, ‘दुई नम्बरी’ सुपरहिट र ‘घामपानी’ सेमी हिट भए । यिनै फिल्मका कारण अहिले उनको व्यस्तता बढ्दो छ ।

    images

    उनी चाँडै अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई लिएर फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्दैछन् । उनको पाइपलाइनमा अर्को पनि फिल्म थपिएको छ । यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘लाखे’का निर्माताको टिमले बनाउन लागेको बेनाम फिल्ममा उनी निर्देशकको रुपमा भित्रिएका छन् । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरी र लामाबीच सोमबार सम्झौता भएको छ ।

    फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक लामा स्वयंको रहनेछ । उनले ‘नाङ्गो गाउँ’पछि यो फिल्मको छायांकन थाल्नेछन् । सम्भवतः आगामी वर्ष फिल्मको छायांकन हुनेछ । जिएम ठकुरी निर्माता र समीर घले सह-निर्माता रहेको फिल्मलाई रोहित-रत्नको कम्पनी आरआर फिल्मले देशभर वितरण गर्नेछ । फिल्ममा अहिलेका चल्तीका कलाकार लिने तयारीमा निर्माण टिम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार