आइतबार, मंसिर ९ गते २०८१

केएमसीले सुरु गर्‍यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’

केएमसीले सुरु गर्‍यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’

अखबार दैनिक
मंगलबार, पुस २६ २०७९
  • केएमसीले सुरु गर्‍यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’

    काठमाडौं: काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले  अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ। न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो।

    images

    पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको मुटुरोग बिशेषज्ञ प्राडा राजेश नेपाल दाबी गर्छन्। उनी भन्छन्, ‘क्याथल्याब त धेरैतिर छन्, तर न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने वाइप्लेन क्याथल्याब नेपालमा अन्त छैनन्, केएमसीले सुरु गरेको यो नेपालकै पहिलो अत्याधुनिक वाइप्लेन क्याथल्याब हो।’ जर्मनबाट उपकरणहरु ल्याएर करिब २५ करोडको लागतमा अत्याधुनिक क्याथल्याब सञ्चालन गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए। उनका अनुसार सरकारी अस्पतालकै दररेटमा केएमसीले सेवा उपलब्ध गराउँनेछ।


    गम्भीर प्रकारको मस्तिष्कघात भएका विरामीलाई यो क्याथल्याबभित्रै सिटी स्क्यान गर्न सकिनेछ। जटिल अवस्थाको भास्कुलर र न्यूरो शल्यक्रियाका लागि थ्रीडी इमेजिङ्ग र थ्रीडी रोडम्यापको सुविधा पनि छ। मुटुको अप्रेशन नगरी भल्व फेर्ने प्रविधिलाई गाइड गर्ने थ्रीडीसहितको ट्यावीको सुविधा पनि यो क्याथल्याबमा छ।

    यस्तो सुविधा नेपालका अन्य क्याथल्याबमा नभएको चिकित्सकहरु बताउँछन्। चिकित्सकहरुका अनुसार अन्य क्याथल्याबको तुलनामा यसमा निकै कम रेडिएसन प्रयोग हुन्छ। यहाँ ५५ इन्चको स्क्रीनमा हेरेर चिकित्सकले शल्यक्रिया गर्छन्।

    अत्याधुनिक सुविधासम्पन्न क्याथल्याब भएकाले विरामीलाई पनि निकै सहज हुँने चिकित्सकहरुको भनाई छ। केएमसीले पछिल्लो समय अत्याधुनिक सेवा सुविधा विस्तार गरिरहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार