आइतबार, जेठ ६ गते २०८१

‘पठान’ ट्रेलर : शाहरुख र जोनको धमाकेदार एक्सन

‘पठान’ ट्रेलर : शाहरुख र जोनको धमाकेदार एक्सन

अखबार दैनिक
मंगलबार, पुस २६ २०७९
  • ‘पठान’ ट्रेलर : शाहरुख र जोनको धमाकेदार एक्सन
     

    एजेन्सी  । अन्ततः बलिउड सुपरस्टार शाहरुख खानको बहुप्रतिक्षीत कमब्याक फिल्म ‘पठान’को ‘एक्सन प्याक्ड’ ट्रेलर सार्वजनिक भएको छ । मंगलवार युट्युबमा सार्वजनिक ट्रेलरमा शाहरुखसँगै जोन अब्राहम र दीपिका पादुकोण एक्सन अवतारमा प्रस्तुत छन् । फिल्ममा शाहरुखले एक एजेन्टको भूमिकामा छन्, जसको नाम पठान हो । ट्रेलर हेर्दा जोन फिल्ममा भिलेनको भूमिकामा रहेको बुझिन्छ ।

    images

    ऋतिक रोशन र टाइगर श्राफ अभिनीत फिल्म ‘वार’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’को ट्रेलरमा भिएफएक्स र एक्सन सिक्वेन्स जबर्जस्त छ । पहिलो पटक स्क्रिन साझेदारी गरेका शाहरुख र जोनको ट्रेलरमा देखिएको धमाकेदार एक्सन सिनले दर्शकलाई फिल्मप्रति उत्सुकता जगाउन सक्छ । ट्रेलर सार्वजनिक भएपछि ‘पठान’लाई ‘स्योर सट हिट’ भन्न थालिएको छ ।

    यो फिल्म यश राज फिल्म्सको स्पाई यूनिभर्सको हिस्सा हो । यो यूनिभर्समा सुपरस्टार सलमान खानको ‘टाइगर’ पनि पर्छ । ‘पठान’ रिपब्लिक डेको अवसर पारेर २५ जनवरीमा प्रदर्शन हुँदैछ । ‘बेसरम रंग’ गीतका कारण विवादमा समेत तानिएको यो फिल्मबाट शाहरुखले ‘जीरो’ रिलिजको ५ वर्षपछि कमब्याक गरेका हुन् भने दीपिकासँग फिल्म ‘चेन्नाई एक्सप्रेस’पछि जुगलबन्दी भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार