आइतबार, जेठ ६ गते २०८१

'पठान' का दुइटा ट्रेलर, एकमा सलमान खान!

'पठान' का दुइटा ट्रेलर, एकमा सलमान खान!

अखबार दैनिक
सोमबार, पुस २५ २०७९
  • 'पठान' का दुइटा ट्रेलर, एकमा सलमान खान!

    बलिउड अभिनेता शाहरूख खानको फिल्म 'पठान' जनवरी २५ मा रिलिज हुने तयारीमा छ।फिल्मको पहिलो गीत ‘बेशरम रंग’ सार्वजनिक भएसँगै चर्चामा छ। दर्शकहरू फिल्मको ट्रेलरलाई लिएर उत्साहित छन्। मंगलबार ‘पठान’ को दुई ट्रेलर सार्वजनिक हुँदैछ। 

    images

    भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार एक ट्रेलरमा सलमान खानलाई देख्न सकिने छ। उक्त जानकारी निर्माता आदित्य चोपडाका साथीले दिएका हुन्।

    ‘आदिले दुइटा ट्रेलर तयार गरिसकेका छन्। जसमध्ये एक ट्रेलरमा सलमान देखिनेछन् भने अर्काेमा उनी हुने छैनन्। तर आदिले ट्रेलरमै सलमानलाई देखाउने कि न देखाउने भनेर निर्णय गरिसकेका छैनन्। आदिले ट्रेलरमा सलमानलाई प्रस्ट नदेखाउन पनि सक्छन्,’ चोपडाका नजिकका साथीले भने।

    यशराज फिल्म्स ‘पठान’ को ट्रेलरसँगै स्पाई युनिभर्सको लोगो पनि सार्वजनिक गर्ने तयारीमा छ। यशराज फिल्म्स ब्यानरबाट बनेका एक था टाइगर, टाइगर जिन्दा है र वार स्पाई युनिभर्सका फिल्म हुन्। यस युनिभर्समा बन्ने फिल्म सबै जासुसीमा आधारित हुनेछ।

    मार्भल, एभेन्जर, आइरन म्यान, क्याप्टेन अमेरिका र थोरको युनिभर्सका फिल्म हो। बलिउडमा रोहित शेट्टीको कप युनिभर्स चर्चित छ। उनको सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी उक्त युनिभर्सका फिल्म हुन्। 

    ‘पठान’ यशराज फिल्म्सको स्पाई युनिभर्समा बनेको चौथो फिल्म हो। ‘पठान’ पछि स्पाई युनिभर्सको आगामी फिल्म ऋतिक रोशनको ‘फाइटर’ हुनेछ। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म 'पठान'मा शाहरूखसँगै दीपिका पादुकाेण र जोन अब्राहमको पनि मुख्य भूमिका छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार