बिहीबार , असोज ३ गते २०८१

आजदेखि खुल्याे एभरेष्ट बैंककाे उर्जा ऋणपत्र, ब्याज कति ?

आजदेखि खुल्याे एभरेष्ट बैंककाे उर्जा ऋणपत्र, ब्याज कति ?

अखबार दैनिक
सोमबार, पुस २५ २०७९
  • आजदेखि खुल्याे एभरेष्ट बैंककाे उर्जा ऋणपत्र, ब्याज कति ?

    एभरेष्ट बैंक लिमिटेडले आज (पाैष २५ गते, साेमबार) बाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।

    images

    बैंकले १० वर्ष अवधि भएकाे वार्षिक ७.५ प्रतिशत व्याज भएकाे "एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९" नाममा ऋणपत्र निष्कासन गरेकाे हाे ।

    बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ ।

    कति दिने आवेदन ?
    लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    कहिलेसम्म दिने आवेदन ?
    उक्त ऋणपत्रमा छिटोमा पाैष २८ गते र ढिलोमा माघ १० गतेसम्म आवेदन दिन सकिनेछ ।

    को हो बिक्री प्रबन्धक ?
    बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

    कहाँबाट दिने आवेदन ?
    लगानीकर्ताहरूले लक्ष्मी क्यापिटल, एभरेष्ट बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ