बिहीबार , असोज ३ गते २०८१

सुनको मूल्य बढ्यो, तोलाको कति ?

सुनको मूल्य बढ्यो, तोलाको कति ?

अखबार दैनिक
सोमबार, पुस २५ २०७९
  • सुनको मूल्य बढ्यो, तोलाको कति ?

    काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    images

    आज छापावाला सुन ६ सयले बढेर तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

    यता, तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ । चाँदीको प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो । शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ८० सय रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ