काठमाडौंको शंकरापुरमा स्थानीयमाथि पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) माथि छानबिन सुरू भएको छ।
प्रहरी वृत्त बौद्धमा कार्यरत इन्स्पेक्टर विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
गत बुधबार पुस २० गते शंकरापुर नगरपालिका-३ लप्सीफेदी बोझेनीमा स्थानीयले विरोध प्रदर्शन गरेका थिए। नेपाल विद्युत प्राधिकरणले त्यहाँ सबस्टेशन निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध जनाएका थिए।
त्यसक्रममा बौद्धबाट थप मद्दतको लागि इन्सपेक्टर बुढाथोकीको कमान्डमा टोली खटिएको थियो।
त्यसक्रममा बुढाथोकीले गैर व्यवसायिक काम गरेको भन्दै उनलाई परिसर झिकाएको हो। उनले भीड नियन्त्रण गर्न स्थानीयमाथि पेस्तोल ताकेर हान्दिने धम्की समेत दिएका थिए। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत बनेको थियो।