बिहीबार , असोज ३ गते २०८१

२० अङ्कले बढ्यो नेप्से: ५ अर्ब ४५ करोड बढीको कारोबार,३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

२० अङ्कले बढ्यो नेप्से: ५ अर्ब ४५ करोड बढीको कारोबार,३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

अखबार दैनिक
आइतबार, पुस २४ २०७९
  • २० अङ्कले बढ्यो नेप्से: ५ अर्ब ४५ करोड बढीको कारोबार,३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

    साताको पहिलो कारोबारको दिन आज सेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २०.५५ अंक बढेर २१६४.४८ अंकमा बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत  १.४५ अंकले बढेको छ।

    images

    नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। यस दिन १ करोड ४१ लाख कित्ता सेयर ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छ । 

    कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधकि ४.४३ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशत घटेको छ।

    ३ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन खप्तड लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र ङादी ग्रुप पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

    त्यसैगरी, यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नति स्किम १ को इकाईमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर, विन नेपाल लघुवित्त र श्रृजनशील लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

    कारोबार रकमका आधारमा  हिमालयन डिष्टिलरी२१ करोड २९ लाख रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, शिवम् सिमेन्ट्सको करिब २० करोडको सेयर कारोबार भएको छ भने रिडी पावरको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ