मंगलबार, मंसिर ११ गते २०८१

पानी सम्झेर शिक्षिकाले दिएको स्प्रिट पिउँदा विद्यार्थीको मृत्यु, प्रहरी कार्यालयमाथि ढुंगामुढा

पानी सम्झेर शिक्षिकाले दिएको स्प्रिट पिउँदा विद्यार्थीको मृत्यु, प्रहरी कार्यालयमाथि ढुंगामुढा

अखबार दैनिक
आइतबार, पुस २४ २०७९
  • पानी सम्झेर शिक्षिकाले दिएको स्प्रिट पिउँदा विद्यार्थीको मृत्यु, प्रहरी कार्यालयमाथि ढुंगामुढा

    जनकपुरधाम । शिक्षिकाको लापरबाहीका कारण सिरहाको एक विद्यालयमा छात्राको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका- ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।

    images

    पुस २२ गते पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले  पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिरहा नगरपालिका ११ भलुवाहीकी सिर्जनाको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ ।

    सिर्जनालाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको छ । शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् ।

    उनीहरुले बिहानै १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैया माथि ढुंगामुढा गरेका छन् ।ढुंगामुढाबाट कार्यालयमा क्षति पुग्नुको साथै पाँचजना प्रहरी घाइते भएको मिर्चैयाका डिएसपी हरिबहादुर ओलीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार