सोमबार, जेठ ७ गते २०८१

पिर्कामाथि उभिएर सलामी लिने गृहमन्त्री लामिछानेमाथि हिरोइनको कटाक्ष कविता

पिर्कामाथि उभिएर सलामी लिने गृहमन्त्री लामिछानेमाथि हिरोइनको कटाक्ष कविता

अखबार दैनिक
आइतबार, पुस २४ २०७९
  • पिर्कामाथि उभिएर सलामी लिने गृहमन्त्री लामिछानेमाथि हिरोइनको कटाक्ष कविता

    काठमाडौं । सुरक्षा पन्त साहित्यमा रुचि राख्ने अभिनेत्री हुन् । उनी अहिले प्रसारण भइरहेको रियालिटी शो ‘द पोइट आइडल’की एक निर्णायक पनि हुन् । हिजोआज उनले आफ्ना धारणा कवितामार्फत राख्न थालेकी छन् ।

    images

    गत साता सुर्खेतको बाघको शालिक भाइरल बन्दा यसमा असहमति जनाउँदै सुरक्षाले कलाचेतमाथि प्रश्न गरेकी थिइन् ।

    सुरक्षाको नयाँ कविता सामाजिक सञ्जालमा यतिबेला चर्चाको विषय बनेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पिर्कामाथि उभिएर सलामी ग्रहण गरेको तस्वीर सेयर गर्दै उनले व्यंग्य गर्दै कविता लेखेकी छन् । पिर्कालाई हिमालको विम्बको रुपमा प्रस्तुत गर्दै उनले सत्तामा पुगेपछि बदलिने शासकको चेतनामाथि व्यंग्य गरेकी छन् ।

    पछिल्लो समय नेपाली राजनीतिमा पिर्का कसरी सत्ता लोलुपताको रुपक बनेको छ भनेर उनले कवितामार्फत भन्न खोजेको देखिन्छ । सुरक्षामात्र होइन, पिर्कामाथि सलामी लिएको गृहमन्त्री लामिछानेको तस्वीर सामाजिक सञ्जालका ग्रुपमा चर्चाको विषय बनेको छ । 

    यस्तो छ सुरक्षाको कविता :

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार