सोमबार, जेठ ७ गते २०८१

‘अ‍ैंचो पैंचो’ निर्देशन गर्दै कृषा, ‘बुलबुल’पछि स्वस्तिमा र मुकुन एकसाथ

‘अ‍ैंचो पैंचो’ निर्देशन गर्दै कृषा, ‘बुलबुल’पछि स्वस्तिमा र मुकुन एकसाथ

अखबार दैनिक
आइतबार, पुस २४ २०७९
  • ‘अ‍ैंचो पैंचो’ निर्देशन गर्दै कृषा, ‘बुलबुल’पछि स्वस्तिमा र मुकुन एकसाथ

    ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ गरी चार फिल्मको निर्माण गरिसकेकी कृषा चौलागाईंले फिल्म निर्देशनमा फड्को मार्ने भएकी छन् । बलियो स्टारकास्ट लिएर उनले फिल्म ‘अ‍ैंचो पैंचो’को निर्देशन गर्न लागेकी हुन् । सोसियल पोलिटिकल ड्रामामा निर्माण हुने यो फिल्ममा ‘बुलबुल’पछि स्वस्तिमा खड्का र मुकुन भुषालले एकसाथ स्क्रिन साझेदारी गर्दैछन् ।

    images

    वर्षा राउत (कोइराला), विशाल पहारी, कोशिष क्षेत्री, सुशिल सिटौला र शारदा गिरी (काली बुढी)को पनि अभिनय रहने फिल्ममा कोशिषको नकारात्मक भूमिका रहने गोप्य स्रोतको दाबी छ । आगामी फागुन दोस्रो साताबाट छायांकन सुरु हुन लागेको फिल्मको आइतबारबाट टिमबीच कलाकारको क्यारेक्टरलाई लिएर छलफल हुँदैछ । एक हप्तापछि वर्कसप सुरु गर्ने तयारी गरिएको छ ।

    गाउँमा हुने राजनीति र त्यसले युवामा पार्ने असरको कथामा बन्न लागेको फिल्मलाई अभिमन्यू निरवीले पटकथा तथा संवाद तयार पारेका हुन् । काभ्रेको पनौतीको विभिन्न गाउँमा छायांकन हुने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । केपी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको प्रोजेक्ट हेडमा प्रणव सुवेदी छन् । चाँडै ‘अ‍ैंचो पैंचो’को औपचारिक निर्माण घोषणा गर्ने तयारीमा कृषा छिन् ।

    फिल्म निर्माणमा अपेक्षित सफलता हासिल गर्न नसकेकी कृषा अब आफूलाई निर्देशकको रुपमा स्थापित गर्ने सोचमा छिन् । डेब्यू फिल्म सफल बनाउन उनले स्टारकास्टमा समेत विशेष ध्यान दिएको देखिन्छ । ‘छक्का पञ्जा २’पछि स्वस्तिमा र वर्षाले एकसाथ काम गर्न लागेका कारण ‘अ‍ैंचो पैंचो’ हेर्न दर्शकलाई रोचक हुनसक्छ । उनीहरुको जोडी र भूमिकाबारे भने केही खुलाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार