मंगलबार, जेठ ८ गते २०८१

मदन दाई र म बिजुलीका पोजेटिभ र नेगेटिभ तार : हरिवंश आचार्य

मदन दाई र म बिजुलीका पोजेटिभ र नेगेटिभ तार : हरिवंश आचार्य

अखबार दैनिक
आइतबार, पुस २४ २०७९
  • मदन दाई र म बिजुलीका पोजेटिभ र नेगेटिभ तार : हरिवंश आचार्य

    काठमाडौं । अभिनेता हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफू बिजुलीको पोजेटिभ र नेगेटिभ तार भएको बताएका छन् । ‘मदन दाई पोजेटिभ र म नेगेटिभ तार । यी दुई तार मिलेरै अहिलेसम्म बत्ती बलिरहेको छ’ फिल्म ‘महापुरुष’को सफलता सेलिव्रेसन गर्न दहचोकमा आयोजित कार्यक्रममा हरिवंशले भने, ‘दर्शक र मिडिया अर्थिङ । सबै मिलेर हामी बत्ती बालिरहेका छौं ।’

    images

    मदनकृष्णले चाहिँ हरिवंश आफ्नो जीवनको अचिभमेन्ट अवार्ड भएको बताए । ‘हरिवंश र मेरो सहयात्रा ४२ वर्षमा हिँडेको छ । हरिवंश बिना म अधुरो छु । उसले बिर्सँदा मैले सम्झाउँछु र मैले बिर्सँदा उसले सम्झाउँछ । हरिवंश भगवानले दिएको मेरो जीवनको अभिमेन्ट अवार्ड हो ।’ बनभोजसहित कार्यक्रममा महजोडीले एकअर्कालाई प्रशंसा गर्दै ‘महापुरुष’लाई सफल तुल्याउन योगदान दिने दर्शकलाई धन्यवाद दिए ।

    ‘महापुरुष’मा चरित्र चित्रण गर्न आफूले तीन महिनासम्म दाह्री नकाटेको र यसबीचमा आफू सार्वजनिक कार्यक्रममा नदेखिएको अनुभव हरिवंशले सुनाए । उनले आफूलाई पूर्णरुपमा महापुरुषमा समर्पित हुन पत्नीले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे । ‘महापुरुष’ बलिदानपछि आफ्नो जीवनको महत्वपूर्ण फिल्म रहेको भन्दै हरिवंशले निर्माता म्याक्स दिपेश खत्री, रविन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईसँग आगामी प्रोजेक्टहरुमा पनि सहकार्य हुने बताए ।

    कलाकारहरु गौरी मल्ल, राजाराम पौडेल लगायतले पनि फिल्मको सफलताप्रति दर्शकलाई धन्यवाद दिए । दहचोकस्थित एक रिसोर्टमा फिल्म युनिटले कास्ट एण्ड क्रिउ, कलाकार, पत्रकार, प्रदर्शकसहितका अतिथिसँग सफलताको खुशि साटेको थियो । सो अवसरमा प्रदर्शनमा योगदान दिने सबैलाई फिल्मले सम्मान समेत व्यक्त गरेको थियो । कात्तिक ११ गतेदेखि रिलिज भएको फिल्मले प्रमुख मल्टिप्लेक्समा ५१ दिन सेलिव्रेसन समेत गरेको थियो । फिल्मले उक्त अवधिसम्म झण्डै ११ करोड ग्रस कमाइ गरेको जानकारी निर्माता खत्रीले अनलाइनखबरलाई दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार