बिहीबार , असोज ३ गते २०८१

बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

अखबार दैनिक
आइतबार, पुस २४ २०७९
  • बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

    राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। 

    images

    शुक्रबार डलर एकको खरिददर १३१ रूपैयाँ ८० पैसा र बिक्रीदर १३२ रूपैयाँ ४० पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २६ पैसा बढेको हो। युरोपियन युरो एकको खरिदमा भने १३८ रुपैयाँ ८४ पैसा र बिक्रीमा १३९ रुपैयाँ ४७ पैसा पाइन्छ। 

    त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५७ रुपैयाँ ३२ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ २ पैसा र बिक्रीमा ८९ रुपैयाँ ४३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४० पैसा पाइन्छ।

    यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३० रुपैयाँ १३ पैसा पाइन्छ।

    आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २० पैसा र बिक्रीमा ४३२ रुपैयाँ १६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २९ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८८ पैसा तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ