आइतबार, जेठ ६ गते २०८१

‘फूलैफूल दिन्छौ कि’को फिमेल भर्सन ट्रेन्डिङमा

‘फूलैफूल दिन्छौ कि’को फिमेल भर्सन ट्रेन्डिङमा

अखबार दैनिक
आइतबार, पुस २४ २०७९
  • ‘फूलैफूल दिन्छौ कि’को फिमेल भर्सन ट्रेन्डिङमा
     

    काठमाडौं । आनन्द अधिकारीका शब्दमा आशिष अविरलले संगीत र एरेन्ज गरेको ‘फूलैफूल दिन्छौ कि’ गीतको फिमेल भर्सन पनि युट्युब ट्रेन्डिङमा आएको छ ।

    images

    यसअघि शिव परियारको स्वरमा रहेको यो गीतलाई अस्मिता अधिकारीको स्वरमा रेकर्ड गरेर म्युजिक भिडियो बनाइएको छ । दुई दिन अघिमात्र आशिष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत एक लाखभन्दा बढीले हेरिसकेका छन् ।

    यसबाट उत्साहित भएका आशिष भन्छन्, ‘यसअघि शिव परियारले गाएको यो गीत युट्युबमा लामो समयसम्म शीर्ष स्थानमा रहेको थियो । अहिले अस्मिता अधिकारीले गाएको गीतलाई पनि दर्शक स्रोतहरुले रुचाइदिनु भएको छ ।’ गीत राम्रो बनेको भनेर धेरै जनाबाट सकारात्मक प्रतिक्रिया पाउँदा आफू उत्साहित भएको पनि उनले बताए ।

    आशिषकै राग स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियोमा सोनिका भण्डारी, प्रभात पल, सन्जय ढुंगाना, प्रतिक गौतम र सगुन तामाङको अभिनय छ । म्युजिक भिडियोको निर्देशन विकास प्रसाईंले गरेका छन् ।

    हेर्नुहोस् म्युजिक भिडियो–

    प्रतिक्रिया दिनुहोस

    थप समाचार