सोमबार, जेठ ७ गते २०८१

‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो संस्करण आउँदै, प्रियंका कार्की अध्यक्ष

‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो संस्करण आउँदै, प्रियंका कार्की अध्यक्ष

अखबार दैनिक
शुक्रबार, पुस २२ २०७९
  • ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो संस्करण आउँदै, प्रियंका कार्की अध्यक्ष

    जितु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो संस्करण सुरु हुने भएको छ।

    images

    यसअघि दुई सिजन प्रसारण गरिएको शो पछिल्लो समय बन्द छ। ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा कलाकारसहित अध्यक्ष परिवर्तन हुने छन्। पहिलो सिजनमा दीपाश्री निरौला र दोस्रो सिजनमा करिश्मा मानन्धर अध्यक्ष भएका थिए। तेस्रो सिजनमा भने नायिका प्रियंका कार्की शोको अध्यक्ष हुने भएकी हुन्। 

    शोमा योपटक दमन रुपाखेती, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना लगायतका नयाँ कलाकार थपिएका छन्। राजेन्द्र नेपाली ‘लट्टे’ र एलिना बाँस्कोटा नयाँ सिनमा पनि दोहोरिने छन्। मुन्द्रेको कमेडी क्लबलाई दिनेश डिसीले निर्देशन गर्नेछन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार