बिहीबार , असोज ३ गते २०८१

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

अखबार दैनिक
बिहीबार , पुस २१ २०७९
  • कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

    कालिन्चोक दर्शन लिमिटेडले पहिलो चरणमा मंसिर १४ गतेदेखि निष्कासन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ । आईपीओको बाँडफाँड कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्सालमा पुस २० गते सम्पन्न भएको हो ।

    images

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको थियो । 


    कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशतले हुन आउने १ करोड २० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १ लाख २० हजार २६० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानियहरुका लागि र सर्वसाधारणमा जारी गरिने १० लाख ८० हजार कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको थियो ।

     १२ हजार स्थानीयलाई हालको न्यूनतम १० कित्ताको बाँडफाँट नीतिको व्यवस्थाबाट गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाइ छ । १५ हजार ४११ जना स्थानीयले आवेदन दिएकोमा २३१ जनाको आवेदनमा रीत नपुगेकाले रद्द गरिएको विक्री प्रबन्धकको भनाइ छ । 

    ६ हजार २५९ जना वैदेशिक रोजगारीमा गएका नेपालीबाट रीतपूर्वक आवेदन प्राप्त गरी सबै आवेदकलाई १० कित्ताका दरले ६२ हजार ५९० कित्ता आईपीओ बाँडफाँड गरिएको छ । पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले आईपीओ बाँडफाँट गरी बाँडफाँड गरेर बाँकी रहेको ४५ हजार ४१० कित्ता शेयर २० कित्तादेखि १ हजार कित्तासम्म आवेदन गर्नेमध्ये गोलाप्रथाबाट ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँट गरिएको हो । यसरी हेर्दा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले बढीमा २० कित्तासम्म शेयर हात पारेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ