सोमबार, जेठ ७ गते २०८१

‘हात्तीछाप’ मा अभिनेत्री उपासना अनुबन्धित

‘हात्तीछाप’ मा अभिनेत्री उपासना अनुबन्धित

अखबार दैनिक
बिहीबार , पुस २१ २०७९
  • ‘हात्तीछाप’ मा अभिनेत्री उपासना अनुबन्धित

    काठमाडौं। अभिनेत्री उपासनासिंह ठकुरी नेपाली चलचित्र ‘हात्तीछाप’मा अनुबन्धित भएकी छिन् ।

    images

    चलचित्रको मुख्य भूमिकाका लागि उनी चयन भएकी हुन् । उनले निर्माता किरण नेपाली उपासनासँग चलचित्र अभिनयका लागि बुधबार सम्झौता गरेकी छन् । 


    निर्माता किरणको केही समयअगाडि चलचित्र ‘दुई नम्बरी’ आएको थियो । यो चलचित्रमा पनि अभिनेत्रीको रुपमा उपासनानै रहेकी थिइन् । ‘हात्तीछाप’का लागि उपासनाले १० लाख रुपैयाँ पारिश्रमिक मागेकी थिइन् । निर्माता किरणले उनलाई चित्त बुझाएर फाइनल गरेको बताएका छन् ।

    सौगात मल्ल, दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायतको अभिनय रहने चलचित्र सिमोस सुनुवारले निर्देशन गर्न लागेका हुन् । एक्सन–थ्रिलर विषयमा निर्माण हुने चलचित्रको निर्माताको रुपमा प्रदेश सांसद दीपक मनाङ्गे र व्यवसायी अमलादेवी राई रहेका छन् ।

    चलचित्रको छायांकन चैतदेखि सुरु हुने निर्माण पक्षले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार