आइतबार, जेठ ६ गते २०८१

१५ वर्षीया बाल कलाकार रुहानिकाले किनिन् घर

१५ वर्षीया बाल कलाकार रुहानिकाले किनिन् घर

अखबार दैनिक
बुधबार, पुस २० २०७९
  • १५ वर्षीया बाल कलाकार रुहानिकाले किनिन् घर

    पुस २० काठमाडौं । भारतकी १५ वर्षीया बाल कलाकार रुहानिका धवनले मुम्बईमा एउटा घर किनेकी छन् ।

    images

    रुहानिकाले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन् । उनले घरका केही तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गदै निकै भावुक क्याप्सन पनि लेखेकी छन् । उक्त क्याप्सनमा उनले आफ्नो सफलताको श्रेय आमालाई दिएकी छन् । रुहानिकाले अबका दिनमा पनि धेरै मेहनत गर्ने र यसरी नै आफ्ना सबै सपनाहरू पूरा गर्ने बताएकी छन् ।


    भारतीय टिभी च्यानल स्टार प्लसको चर्चित टिभी शो ‘ये है मोहब्बतें’ मा देखिएकी रुहानिका (रुही) ले आफ्नो अभिनयले छुट्टै पहिचान बनाएकी छिन् । उनले उक्त घर किन्नका लागि पैसा बचत गर्न करिब ७ देखि ८ वर्ष लागेको पनि बताएकी छन् ।

    आफ्नो सफलताको पूरा श्रेय आफ्ना आमाबावुलाई दिँदै उनले लेखेकी छन्, ‘वाहेगुरु जी र मेरा आमाबुवाको आशीर्वादले आज म आफ्नो खुसी तपाईहरुसँग बाँडिरहेको छु । नयाँ सुरुवातको लागि म धेरै उत्साहित छु। मैले आज मेरो एउटा सपना पूरा गरेको छु । मलाई यो सपना पूरा गर्न मद्दत गर्ने सबै प्लेटफर्महरूप्रति म र मेरा अभिभावक धेरै आभारी छौं।’

    भारतीय सञ्चार माध्यमका अनुसार रुहानिकाले आफ्नो करियरको सुरुवात टिभी शो ‘मिसेस कौशिक की पाँच बहूँ’ बाट गरेकी थिइन् । यसमा उनको चरित्र १०–२० दिनको मात्रै थियो । पछि उनी ‘ये है मोहब्बतें’ मा देखा परिन् जसले उनलाई परिचित बनायो ।

    उनी चलचित्र ‘घायल वन्स अगेन’मा पनि देखिएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार