शुक्रबार, मंसिर १४ गते २०८१

मेक्सिको कारागार प्रकरणमा मृत्यु हुनेको संख्या २१ पुग्यो

मेक्सिको कारागार प्रकरणमा मृत्यु हुनेको संख्या २१ पुग्यो

अखबार दैनिक
बुधबार, पुस २० २०७९
  • मेक्सिको कारागार प्रकरणमा मृत्यु हुनेको संख्या २१ पुग्यो

    काठमाडौं । मेक्सिकोमा गत आइतबार कारागार तोडेर ३० जना कैदीबन्दी भागेका थिए ।

    images

    उनीहरूको खोजीको क्रममा भएको गोली हानाहानमा करिब ७ जनाको मृत्यु भएको हो । बन्दुकधारीहरूले भागेका कैदी खोजिरहेका राष्ट्रिय अनुसन्धानकर्ताहरूमाथि अचानक गोली प्रहार गर्दा दुई जना अनुसन्धानकर्ता लगायत अन्य ५ जना बन्दुकधारीको समेत मृत्यु भएको हो ।


    यस घटनामा मेक्सिकोको कुख्यात अपराधिक समूह लोस मेक्सिकल्सको हात रहेको विश्वास गरिएको छ । सिउडाड जुवारेजस्थित कारागारबाट कैदीहरू भाग्ने क्रममा १० जना गार्ड र ४ जना कैदी गरी १४ जनाको मृत्यु भएको थियो । कारागारबाट भाग्नेहरुमा लोस मेक्सिकल्सका नाइके पनि रहेका छन् । अपहरण र हत्याको अभियोगमा ३३ वर्षीय एल नेटोले १४ वर्ष लामो कैद सजाय भोगिरहेका थिए ।

    सन् २०१० मा पनि उनलाई भगाउन गरिएको एक असफल प्रयास दौरान घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार