सोमबार, जेठ ७ गते २०८१

‘टुट्नु थियो टुट्यो मुटु’को नयाँ भर्सनप्रति सुदीप गिरीको आपत्ति

‘टुट्नु थियो टुट्यो मुटु’को नयाँ भर्सनप्रति सुदीप गिरीको आपत्ति

अखबार दैनिक
बुधबार, पुस २० २०७९
  • ‘टुट्नु थियो टुट्यो मुटु’को नयाँ भर्सनप्रति सुदीप गिरीको आपत्ति

     

    गिरीले सामाजिक सञ्जाल मार्फत उक्त गीतको प्रतिलिपि अधिकार कसैलाई पनि बिक्री नगरेको प्रष्टीकरण दिएका छन् । आफ्नो गीत रिबेल क्रिएसन म्युजिक कम्पनीबाट सार्वजनिक गरिए पनि यस कम्पनीलाइ कपिराइट नबेचेको उनले बताएका छन् ।

    images

    साथै गिरीले रिबेल क्रियसन्स नामक कम्पनीले पुनः रेकर्ड गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले रिबेल क्रिएसनविरुद्ध नेपालको कानून अनुसार यसको समाधान खोज्ने चेतावनी समेत दिएका छन् ।

    गिरीले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘२० वर्ष अघि म्युजिक रेकर्ड केटिएममा गरिएको, २०६० सालमा रिबेल क्रिएसन नामक कम्पनीबाट सार्वजनिक गरिएता पनि कहिल्यै यस कम्पनीलाइ कपिराइट नबेचेको, मेरो शब्द , सङ्गीत र स्वरमा रहेको, सबैले मन पराउनु भएको ‘टुट्नु थियो टुट्यो मुटु’ बोलको गीत आज मलाई थाहै नदिई यस कम्पनीले पुनः रेकर्ड गरेर भिडियोसमेत सार्वजनिक गरिएकोमा मेरो घोर आपत्ति छ ।’

    ‘रिबेल क्रिएसनका मालिक गगन प्रधान र गायक इन्द्र मानन्धरको मिलेमतोमा मेरो मूल गीतको चोरी गरि आफ्नै ढंगबाट पुनः रेकर्ड गर्दै सार्वजनिक गरेर पैसा कमाउने र सस्तो लोकप्रियता पाउन खोज्ने घटिया र निच प्रयासको मन देखीनै घोर भत्सना गर्दछु र नेपालको कानून अनुसार यसको समाधान पनि खोज्ने छु ।’ गायक गिरीले लेखेका छन् ।

    Open photo

    प्रतिक्रिया दिनुहोस

    थप समाचार