बिहीबार , असोज ३ गते २०८१

शरद भेषावकर र आरिफ शेखले भने– सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ

शरद भेषावकर र आरिफ शेखले भने– सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ

अखबार दैनिक
बुधबार, पुस २० २०७९
  • शरद भेषावकर र आरिफ शेखले भने– सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ

    पुष २० काठमाडौं । राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कार आरोपमा सजायँ भोगिरहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् ।

    images

    उनीहरूले आज बिहान फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन् ।

    नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ ।

    जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । यसअघि पुस १४ गते उनको निवेदनको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ