रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा भएको खुकुरी प्रहारको घटनामा संलग्न तीन विद्यार्थी निस्कासनमा परेका छन् । क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरी क्याम्पसको शैक्षिक वातावरणमा खलल पु¥याएको भन्दै क्याम्पस प्रशासनले उनीहरूलाई निस्कासन गर्ने निर्णय गरेको हो ।
निस्कासनमा पर्नेमा विद्यार्थीहरू कृष्ण गिरी, सविन निरौला र जलप तामाङ रहेका छन् । क्याम्पस व्यवस्थापन समितिले तीन विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । क्याम्पस प्रशासनले घटनामा संलग्न अन्य दोषीहरूविरुद्ध कानूनी कारबाही अगाडि बढाउन प्रहरी प्रशासनसमक्ष माग पनि गरेको छ ।
गत पुस १३ गते बिहानी कक्षा सञ्चालन भइरहेका बेला आरआर क्याम्पस परिसरभित्र उनीहरूले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट उक्त क्याम्पसका अनेरास्ववियुका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा घाइते भएका थिए ।