मंगलबार, मंसिर ११ गते २०८१

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

अखबार दैनिक
मंगलबार, पुस १९ २०७९
  • मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

    काठमाण्डौ: मेलम्चीको पानी वितरणका लागि काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किलो मिटर वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

    images

    बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किलो मिटर वितरण सञ्जालमध्ये चार सय २७ किलो मिटरको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिनुभयो । बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्यसम्म सकिने उहाँको भनाइ छ ।  


    वितरण सञ्जालमा चारवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । कुल सात अर्ब ३६ करोड तीन लाख ८४ हजार रुपैयाँको लागतमा दोस्रो चरणको सात सय ९६ किमी वितरण सञ्जालको काम भइरहेको हो ।

    निर्देशनालयले पहिलो चरणमा एक हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ । त्यसमध्ये पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ । पहिलो चरणमा निर्माण भएको बाँकी क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार