आज आइतवार विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले विमानस्थलको सही र भरपुर सदुपयोग गरेर पोखरालाई पर्यटकको केन्द्रको रूपका विकास गर्न लाग्नुपर्ने बताउनुभएको हो । उहाँले विमानस्थललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो विमानस्थलको सही र भरपुर सदुपयोग गर्नुपर्नेछ । त्यसका लागि प्रभावकारी कदम चाल्न नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गर्दछु । यो विमानस्थलको सहयोगका लागि आवश्यक सबै काम गर्ने विश्वास दिलाउन चाहन्छु ।’
अर्थमन्त्री पौडेलले विमानस्थलको निर्माणमा योगदान पुर्याएको भदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वपर्यटनमन्त्री स्व। रविन्द्र अधिकारीको स्मरण गर्नुभएको थियो । एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री पौडेलले देशलाई राजनीतिक स्थायित्व दिइ सुशासनको बाटोमा अघि बढाउन सरकार लागिपर्ने आश्वासनसमेत दिनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले देशको अर्थतन्त्रलाई लयमा फर्काउने काममा आफूहरू सफल हुने दाबी पनि गर्नुभयो ।