शुक्रबार, मंसिर १४ गते २०८१

काबुलको सैन्य हवाई अड्डाबाहिर आत्मघाती बम विष्फोट

काबुलको सैन्य हवाई अड्डाबाहिर आत्मघाती बम विष्फोट

अखबार दैनिक
आइतबार, पुस १७ २०७९
  • काबुलको सैन्य हवाई अड्डाबाहिर आत्मघाती बम विष्फोट

    काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा सैन्य हवाई अड्डा बाहिर आइतबार बिहानै आत्मघाती बम विष्फोट भएको छ। तालिबान गृह मन्त्रालयका प्रवक्ताले घटनाको पुष्टि गर्दै कैयौं नागरिक मारिएको बताए। समाचार एजेन्सी एएफपीले तालिबान अधिकारीलाई उदृत गर्दै उक्त विष्फोट हवाई अड्डाको गेटबाहिर भएको र कैयौं मानिस मारिएको उल्लेख गरेको छ। 

    images

    गृह मन्त्रालयका प्रवक्ता अब्दुल नफी तकोरले भने, ‘हाम्रा कैयौं सहयोगी मारिएका छन् र कैयौं घाइते भएका छन्।’ अगस्ट २०२१ मा अफगानिस्तानको सत्ता सम्हालेको ताबिबानले सुरक्षा अवस्था सुधार गर्दै लिएको दाबी गरेको छ। तर हालैका महिनामा अफगानिस्तानमा कैयौं ठूला आक्रमण भएका छन्। 


    स्वघोषित चरमपन्थी संगठन इस्लामिक स्टेटको अफगानिस्तान शाखाले यस्ता कैयौं आक्रमणको जिम्मेवारी लिएको छ। पछिल्लो महिना मात्र बन्दुधारीले एक होटलमा आक्रम गरेका थिए। जसमा कम्तिमा पाँच जना चिनियाँ नागरिक घाइते भएका थिए। यो आक्रमणको जिम्मेवारी पनि स्लामिक स्टेटले लिएको थियो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार