आइतबार, मंसिर ९ गते २०८१

नवजात शिशुमा देखिने खतराका लक्षण के-के हुन्?

नवजात शिशुमा देखिने खतराका लक्षण के-के हुन्?

अखबार दैनिक
बिहीबार , पुस १४ २०७९
  • नवजात शिशुमा देखिने खतराका लक्षण के-के हुन्?

    नवजात शिशु भन्नाले जन्मिएदेखि २८ दिन सम्मको बच्चालाई भनिन्छ।

    images

    नवजात शिशुमा देखिने समस्या अथवा खतराको लक्षणहरु:
    - ज्वरो आउनु
    - चाडोचाडो श्वास फेर्नु
    - कोखा हान्नु
    - शरीरमा पिपले भरिएका फोकाहरु देखिनु
    - धेरै पहेलोंपन देखिनु 
    - जिउ अथवा हातमा कम्पनहरु देखिनु 
    - आँखा पल्टाउनु आदि हुन्।


    कुनै पनि नवजात शिशुले चाडैंचाडैं सास फेर्यो, कोखा हान्यो, ज्वरो आयो या दुध चुस्न छाड्यो भने नजिकैको स्वास्थ्य चौकी या बालरोग विशेषज्ञसंग परामर्श गर्न आवश्यक हुन्छ। 

    जाडो बढेसँगै बालबालिकामा स्याँस्याँ हुनु,निमोनिया बालदम र छातीको एलर्जी जस्ता समस्याहरु देखिन्छन्। यस्तो अवस्थामा चिसोबाट बच्नलाई निम्न उपायहरु अपनाउन सकिन्छ।

    - बालबालिकालाई अनावश्यक रुपमा घरबाट बाहिर ननिकाल्ने
    - घरबाट बाहिर निस्किंदा मास्क, तातो कपडा (पन्जा, मोजा,टोपी) लगाउने
    - गुम्म पारेर आगोमा सेक्ने, ढोका बन्द गरेर तातो बनाउने जस्ता क्रियाकलाप नगर्ने 
    - राम्रोसँग हावा प्रवाह हुने कोठामा राख्ने 
    - बिहानको सुर्यको तापमा कम्तिमा १० मिनेट राख्ने
    - स्वस्थ र पोषिलो खाना खुवाउने, सकभर बासी खाना नदिने
    - उमालेर सेलाएको पानी या तातो पानी मात्रै खुवाउने
    - घरका अन्य सदस्यहरुलाई रुघा खोकी लागेको छ भने बालबालिकाको नजिक नजाने, जानै परे मास्क लगाएर जाने।
    - अनावश्यक भिडभाडमा नलैजाने, साबुनपानीले हात धुने।

    नवजात शिशुहरुको लागि सबैभन्दा ठुलो डाक्टर भनेकै आमा हो। आफ्नो बच्चामा केही लक्षणहरु देखिने बित्तिकै बालरोग विशेषज्ञलाई देखाउनुपर्छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार