बिहीबार , असोज ३ गते २०८१

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

अखबार दैनिक
बिहीबार , पुस १४ २०७९
  • घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

    नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा चार सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ घटेको हो। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ