आइतबार, जेठ ६ गते २०८१

लक्ष्मणको फिल्ममा मलिका अनुबन्धित

लक्ष्मणको फिल्ममा मलिका अनुबन्धित

अखबार दैनिक
बुधबार, पुस १३ २०७९
  • लक्ष्मणको फिल्ममा मलिका अनुबन्धित

    दिलासा कृयशनको ब्यानरमा निर्माण हुने नयाँ फिल्मका लागि अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन् । फिल्मका निर्देशक लक्ष्मण सुवेदी हुन् । सुवेदीले आफ्नो नयाँ फिल्मका लागि अभिनेत्री मलिका अनुबन्धित गरेको जानकारी दिए ।

    images

    ‘अनटाइटल प्रोजेक्टको स्क्रिप्ट, टिम र चरित्र मन परेपछि मलिका काम गर्न तयार भएकी हुन्’ सुवेदीले भने, ‘फिल्ममा उनी शीर्ष भूमिकामा देखिनेछिन् ।’ आगामी फागुन पहिलो साताबाट सुटिङ सुरु हुने फिल्ममा लक्ष्मण स्वयंको कथा, पटकथा तथा संवाद, निर्माण र गीत लेखन रहेको छ । फिल्मको प्रायः सुटिङ गाउँमा गरेर काठमाडौंमा क्लाइमेक्स खिच्ने तयारीमा लक्ष्मण छन् । 

    फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता हुन बाँकी रहेको नाम चोरी हुने डरले अहिले लुकाइएको हो । फिल्ममा मलिकाबाहेक अरु कलाकार फाइनल भएका छैनन् । लक्ष्मणले अडिसनबाट बाँकी कलाकार छानिने जानकारी दिए ।


    फिल्मको अन्य कलाकार छिट्टै हुने लक्ष्मणले जानकारी दिए । छायांकनमा निस्कनुअघि एकहप्ता फिल्मको वर्कसप पनि हुनेछ । ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यु गरेका रंगपत्रकार सुवेदीको पछिल्लो फिलम ‘लालजोडी’ हो ।

    लक्ष्मण खासमा फिल्म ‘ठगराज’ निर्देशन र निर्माणको तयारीमा थिए । फिल्मका लागि गीत समेत रेकर्ड भइसकेको थियो । तर, यो फिल्मको कथावस्तुमा अझै सूक्ष्म अध्ययन गर्नुपर्ने भएकाले उनले मलिकालाई लिएर नयाँ फिल्म बनाउन लागेका हुन् । उनले यो फिल्मपछि ‘ठगराज’ बन्ने बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार