बिहीबार , असोज ३ गते २०८१

पछिल्लो २ दिन भारी अंकले बढेको नेप्से आज दोहारो अंकले घट्यो, कारोबार रकम २ अर्ब

पछिल्लो २ दिन भारी अंकले बढेको नेप्से आज दोहारो अंकले घट्यो, कारोबार रकम २ अर्ब

अखबार दैनिक
बुधबार, पुस १३ २०७९
  • पछिल्लो २ दिन भारी अंकले बढेको नेप्से आज दोहारो अंकले घट्यो, कारोबार रकम २ अर्ब

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ । पछिल्लो २ यता निरन्तर उकालो लागेको शेयर बजार आज भने दोहोरो अंकले घटेको हो ।

    images

    आज नेप्से ११.८१ अंकले घटेर १ हजार ९ सय ७२ दशमलब १५ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । मंगलबार ३ अर्ब भन्दा बढीको कारोबार भएको नेप्सेमा आज २ अर्ब १५ करोड ३५ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।  


    आज कारोबार भएका कम्पनीमध्य ६० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । पाँच वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज तीन वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

    आज महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ८ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ