मंगलबार, मंसिर ११ गते २०८१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने

अखबार दैनिक
बुधबार, पुस १३ २०७९
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने

    काठमाडौं । काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन ।

    images

    पोखराको उडान १ जनवरी २०२३ देखि नयाँ विमानस्थलमा सर्दैछ । सो विमानस्थलबाट अब रात्रिकालीन उडान समेत हुने भएको छ ।

    बुद्ध एयरले यो विमानस्थलमा २३ जनवरीदेखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेको हो । कम्पनीले पोखरालाई हब बनाएर मुलुकका विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने समेत जनाएको छ । पोखरालाई अन्य कम्पनीले समेत अब क्षेत्रीय हब बनाउने भएका छन् ।

    गुण एयरलाइन्सले समेत पोखराबाट क्षेत्रीय विमानस्थलहरुमा उडान थाल्ने बताएको छ । नयाँ विमानस्थलबाट उडान सुरु भएसँगै अब विभिन्न शहरबाट रातको समयमा पोखरा पुग्न र पोखराबाट अन्य शहरमा फर्कन सहज हुने भएको छ ।


    अत्याधुनिक सुविधा सम्पन्न पूर्वाधार रहेका कारण यो विमानस्थलबाट उडान सहज र सुरक्षित हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो विमानस्थलमा आईएफआर प्रविधि जडान भएका कारण कम भिजिविलिटीमा समेत उडान रोकिने छैन । अहिलेसम्म नेपालका काठमाडौं बाहिर तराईका विमानस्थलमा मात्र रात्रिकालीन उडानको सुविधा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार