मंगलबार, मंसिर ११ गते २०८१

खुला मौसममा पूर्वी परिदृष्य (फोटो फिचर)

खुला मौसममा पूर्वी परिदृष्य (फोटो फिचर)

अखबार दैनिक
बुधबार, पुस १३ २०७९
  • खुला मौसममा पूर्वी परिदृष्य (फोटो फिचर)
    फिदिम । हिउँदे खुला मौसमको पुरापुर घुम्टो खोलिएको बेला नेपालको सुदूर पूर्वीपरिदृष्य विछट्टै मनमोहक देखिन्छ । पूर्वी पहाडको जति माथिल्लो उचाईमा चढिन्छ उति टाढा–टाढाका धेरै सुन्दर परिदृष्य देख्न पाइन्छ । 

    यस्तो खाले प्रकृतिले नै व्यवस्था गरिदिएको ‘भ्यू टावर’ भारतसँगको सिमा क्षेत्र पाँचथर, इलामका सन्दकपुर, चारराते चउर, फालोट सेरोफेरो पुग्नुपर्छ । जहाँबाट देखिइने प्राकृतिक सौन्दर्यताले धेरै आह्लादित होइन्छ । यी क्षेत्र मुख्यगरि रोमाञ्चक सूर्योदयको नजरपान गर्न पाइने आकर्षक गन्तव्य स्थलका रुपमा विगत देखिनै चर्चित छन् । 

    images

    यीनै क्षेत्रले उत्तरी कञ्चनजंघा, कुम्भकर्ण, मकालु लगायतका मनोरम हिमश्रृङ्खला पनि देखाउछन् । यहाँबाट देखिने हिमालले आउ मलाई हेर्न भन्दै आव्हन गरिरहे झै मिठो आभास हुन्छ । यहाबाट सयौं पहाडी थुम्काथुम्कीको शोभा पनि देख्न पाइन्छ । पाँचथर, इलाम, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटाका धेरैखाले पहाडी परिदृष्य समेत अवलोकन गर्न सकिन्छ । 

    चौंरी चर्ने सैलुङ्गे क्षेत्र सन्दकपुर, चारराते, फालोटको अर्को मनमोहक पक्ष हुन् । यहाँ चौरीका बथानसँग खुबै रमाउन पाइन्छ । सन्दकपुर, चारराते, फालोटबाट नेपालका मोहक परिदृष्य हेर्न वर्षेनी सयौं देशी–विदशी पर्यटक आउछन् । यसबाट भारतीय पक्षले गजबको आम्दानी गरिरहेको अवस्था छ । नेपाल पक्षबाट पर्यटन प्रवद्र्धन नहुदा नेपाली लाभान्वित हुनबाट बञ्चित हुनु परिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार