बिहीबार , असोज ३ गते २०८१

नेप्से परिसूचक ५९.८७ अङ्कले वृद्धि

नेप्से परिसूचक ५९.८७ अङ्कले वृद्धि

अखबार दैनिक
मंगलबार, पुस १२ २०७९
  • नेप्से परिसूचक ५९.८७ अङ्कले वृद्धि

    काठमाडौं । साताको दोस्रो कारोबार दिन मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ ।

    images

    आज उच्च रुपमा नेप्से बढेसँगै नेप्सेमा करिब पाँच महिना यताकै उच्च कारोबार समेत भएको हो ।  नेप्से परिसूचक ५९.८७ अङ्क बढेर १९८३.९५ बिन्दुमा पुगेको छ ।

    त्यस्तै, सेन्सेटिभ इण्डेक्स १०.६० अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ३.६९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अङ्कले बढेको छ ।

    कारोबारमा आएका २६१ कम्पनीको एक करोड २० लाख २९ हजार कित्ता शेयर तीन अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार दुई अर्ब बराबरको कारोबार भएको थियो ।

    आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये लगानी उपसमूहको परिसूचक ६.४३ प्रतिशतबढेको छ भने वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

    नेप्से बढेसँगै ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

    कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ । जसमा बैंकको २० करोड ९४ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ