बिहीबार , असोज ३ गते २०८१

नेप्से परिसूचक ५६.८६ अङ्कले वृद्धि

नेप्से परिसूचक ५६.८६ अङ्कले वृद्धि

अखबार दैनिक
सोमबार, पुस ११ २०७९
  • नेप्से परिसूचक ५६.८६ अङ्कले वृद्धि

    काठमाडौं । देशमा नयाँ राजनीतिक परिवर्तनसँगै नयाँ सरकार बन्दा नेपाली शेयर बजारमा उत्साह छाएको छ ।

    images

    अर्थमन्त्री नयाँ आउने भएसँगै शेयर लगानीकर्तामा उत्साह देखिएको हो । पछिल्लो समय निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से सोमवार एकाएक ५६.८६ अङ्क बढेर १९२४.०७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.३८ अङ्कले, फ्लोट इण्डेक्स ४.५४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अङ्कले बढेको छ ।

    सोमबार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ७० लाख रुपियाँ बराबरको खरिद बिक्री भएको छ ।

    नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । नेप्सेका १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ६.५२ प्रतिशत बढेको छ ।

    त्यसैगरी, जलविद्युत् उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । अन्य उपसमूहको परिसूचक भने २.२९ प्रतिशत घटेको छ ।

    आज आधा दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा गोर्खाज फाइनान्स, सृजनशील लघुवित्त, रिलायन्स फाइनान्स,  धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, हिमालयन पावर वार्टनर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर, नेपाल टेलिकमको शेयरमूल्य भने ५.५६ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमको २० करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ