मंगलबार, मंसिर ११ गते २०८१

राहदानी लिन घण्टौं लाइनमा (फोटो फिचर)

राहदानी लिन घण्टौं लाइनमा (फोटो फिचर)

अखबार दैनिक
शुक्रबार, पुस ८ २०७९
  • राहदानी लिन घण्टौं लाइनमा (फोटो फिचर)

     

    काठमाडौं । राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा केही दिन यता सेवाग्राहीहरुको भीड लाग्न थालेको हो ।

    शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी लिइरहेको देख्न सकिन्छ । आज राहदानी लिनका लागि बसेको लाइनले राहदानी लिन अझै पनि घण्टौं लाइन लागेर विभिन्न समस्या व्यहोर्नुपरेको यथार्थलाई पुष्टि गरेको छ ।

    images

    छिटो पालो पाउनका लागि बिहानै झिसमिसेमा त्रिपुरेश्वर पुग्ने गरेका नागरिकहरु उल्लेख्य रहेका छन् । राहदानी विभागले पुस ५ गतेदेखि अपराह्न साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ सुरु गर्ने समय निर्धारण गरेको छ ।

    यसअघि दैनिक ११ बजेदेखि बुकिङ सुरु हुने गरेको थियो । सेवाग्राहीलाई सहज बनाउन राहदानी विभागले अनलाइनबाट सेवा दिने भने पनि अनलाइन सेवा चुस्त नहुँदा झनै समस्या परेको सेवाग्राहीहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार