शुक्रबार, मंसिर १४ गते २०८१

अफगानिस्तानका ७९ प्रतिशत घरमा पानीको गम्भीर अभाव: युनिसेफ

अफगानिस्तानका ७९ प्रतिशत घरमा पानीको गम्भीर अभाव: युनिसेफ

अखबार दैनिक
शुक्रबार, पुस ८ २०७९
  • अफगानिस्तानका ७९ प्रतिशत घरमा पानीको गम्भीर अभाव: युनिसेफ

    काठमाडौँ: अफगानिस्तानका ७९ प्रतिशत घरमा पानीको गम्भीर अभाव रहेको पाइएको छ ।

    images

    संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफको प्रतिवेदन उद्धृत गर्दै अफगानिस्तानको खामा प्रेसले ७९ प्रतिशत घरमा पानीको गम्भीर समस्या रहेको जनाएको छ ।अभावका कारण मानिसहरुलाई स्वच्छ एवम् शुद्ध पिउने पानी उपभोग गर्न चुनौति रहेको जनाइएको छ । पछिल्ला केही वर्षमा खडेरी र अन्य समस्याका कारण अफगानिस्तानमा पानीको अभाव देखिएको हो ।

    पानीको समस्या निकै गम्भीर रहेको भन्दै अफगानिस्तानका लागि युनिसेफका प्रवक्ता सलाम अल जानबीले मुलुकमा ९० लाख मानिसहरुलाई पानीको व्यवस्था गर्न आफ्नो संस्थाले काम गरिरहेको जनाएका छन् ।

    राजधानी काबुलमा पनि पानीको समस्या देखिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । काबुलका स्थानीयहरुले सो क्षेत्रको इनार सुकेको र पानीको स्तर घटेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार