मंगलबार, मंसिर ११ गते २०८१

पर्यटन प्रवर्ध्दन गर्न बागलुङदेखि पोखरा साईकल यात्रा

पर्यटन प्रवर्ध्दन गर्न बागलुङदेखि पोखरा साईकल यात्रा

अखबार दैनिक
बिहीबार , पुस ७ २०७९
  • पर्यटन प्रवर्ध्दन गर्न बागलुङदेखि पोखरा साईकल यात्रा

     

    images

    बागलुङ । बागलुङ र पोखराको पर्यटन प्रवर्ध्दन गर्ने उद्देश्यले बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साईकल यात्रा सुरु गरिएको छ । 

    साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ र सालिग्राम सङ्ग्रहालयलगायतका संस्थाहरुको समन्वयमा बागलुङ सदरमुकाममा रहेको प्रसिद्ध कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍यालीको आयोजना गरिएको हो ।

    र्‍यालीको गण्डकी प्रदेशका पर्यटन, उद्योगा, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ कालिका मन्दिरमा उद्घाटन गर्नुभयो । उहाँले पर्यावरणको रक्षा र पर्यटन प्रवर्ध्दनका लागि र्‍यालीको महत्वपूर्ण सन्देश रहेको बताउनुभयो ।

    साईकल यात्रा पर्यावरणको संरक्षण र मानवीय जीवनको लागि फलदायी हुने उहाँको भनाइ थियो । साईकल संस्कृति पद्दतिलाई मानवीय जीवन पद्दतिसँग जोड्न् आवश्यक रहेको मन्त्री कँडलले जोड दिनुभयो । 

    साइकल र्‍यालीले वातावरण संरक्षणमा चेतनामूलक सन्देश प्रवाह गर्दै बागलुङ र पोखरालाई पर्यटनका माध्यमबाट नजिक बनाउन बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनुभयो । पोखरामा हुँदै गरेको मेयरकप साइकल दौड प्रतियोगिताका अवसरमा पोखरा आउने पर्यटकलाई बागलुङसम्म आउने वातावरण बनाउन र्‍यालीका लागि अनुरोध गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । 

    ‘‘यो र्‍यालीको बागलुङमा मिलेर व्यवस्थापन गरेका र्छौँ’’ बागलुङ नगरपालिकाका कार्यबहाक नगर प्रमुख कोपिला मणी शर्माले भन्नुभयो– ‘‘पोखरा आउने पर्यटकलाई बागलुङमा पनि घुम्ने ठाउँछन् भन्ने सन्देश र्‍यालीले दिनेछ ।’’ 

    र्‍यालीमा काठमाडौं, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङजा, तनहुँ लगायतका जिल्लाबाट दुई सय जना यात्रीको सहभागिता रहेको छ । पोखरादेखि सिधै मुस्ताङ पुग्ने पर्यटकले यसपछि बागलुङको बाटो रोज्ने समन्वय गरेका संस्थाहरुको विश्वास छ । 

    विदेशी साइकल पर्यटक तथा अन्तरिक पर्यटनलाई आमन्त्रण गर्दै ‘थोपा थोपा इन्धन बचाउ’ भन्ने नाराका साथ पोखरामा आयोजना गरिएको प्रतियोगिताको सन्देश बागलुङबाट समेत दिइएको हो । साईकल र्‍याली बागलुङ कालिकाबाट सुरु भएको र्‍याली बजार परिक्रमापछि पर्वतको कुश्मा बजार हुँदै पोखराको विन्धबासिनी मन्दिर पुगेर समापन हुनेछ । 

    साईकल यात्रीलाई बागलुङ बजारमा स्थानीयले आ–आफ्नो जातीय संस्कृतिअनुसार स्वागत गरेका थिए । नेवाः समुदायले परम्परागत बाजागाजासहित यात्रीहरुलाई सगुन प्रदान गरेका थिए ।

    उद्योग वाणिज्य संघले पनि सार्वजनिक स्थलमा साईकल यात्रीलाई स्वागत गरेको थियो । पोखरा प्रस्थान गर्नु अघि करिव दुई सय साईकल यात्रीले बागलुङको बाङ्गेचौर–रामरेखा–ट्राफिक चोक, समिट चोक, पेन्सन क्याम्पस, उपल्लाचौर हुँदै सालिग्राम सङ्ग्रहालयसम्म परिक्रमा गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार