मंगलबार, मंसिर ११ गते २०८१

पुसको जाडोमा पनि राहदानीका लागि घण्टौं लाइन

पुसको जाडोमा पनि राहदानीका लागि घण्टौं लाइन

अखबार दैनिक
बिहीबार , पुस ७ २०७९
  • पुसको जाडोमा पनि राहदानीका लागि घण्टौं लाइन

    काठमाडौं । राहदानीका लागि घण्टौं लाइन बस्नुको बाध्यता अझै पनि हटेको छैन ।

    images

    बिहीबार बिहान त्रिपुरेश्वरस्थित विभागको कार्यालय अगाडि देखिएको सेवाग्राहीको लामो लाइनले यही कुरा पुष्टि गर्छ ।

    छिटो पालो पाउने आशमा पुसको जाडोमा सेवाग्राहीहरु झिसमिसेमै लाइनमा बसेको देखिन्थ्यो । कतिपयले रात नै यहीँ काटेको अनुभव पनि सुनाउँछन् ।

     

    319916192_3311086299112710_1143205057072823527_n (1).pngसेवाग्राहीलाई सहज होस् भनेर राहदानी विभागले अनलाइनबाट समेत सेवा दिंदै आएको छ । तर लाइन लाग्ने बाध्यता अझै हटेको छैन ।

    320616682_864922764710575_5203884402074454617_n.png

    राहदानी विभागले पुस ५ गतेदेखि अपराह्न साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ सुरु गर्ने समय निर्धारण गरेको छ । यसअघि दैनिक ११ बजेदेखि बुकिङ सुरु हुन्थ्यो ।

    प्रायजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरु पनि ११ बजेदेखि नै बुकिङ खुलाउँदा विभागको सर्भरमा अत्यधिक चाप परेर वेबसाइट नै नखुल्ने समस्या भएपछि समय हेरफेर गरेको विभागले जनाएको छ ।

    320962392_547686617255192_6759422829765395657_n.png

       

    प्रतिक्रिया दिनुहोस

    थप समाचार