मंगलबार, मंसिर ११ गते २०८१

अस्पतालबाट लडेर एकको मृत्यु

अस्पतालबाट लडेर एकको मृत्यु

अखबार दैनिक
बिहीबार , पुस ७ २०७९
  • अस्पतालबाट लडेर एकको मृत्यु

    स्याङ्जा । फेदिखोला गाउँपालिका ४ सर्केटारीमा निर्माणाधीन अस्पतालबाट लडेर एक जनाको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा निर्माणाधीन अस्पतालमा काम गर्ने दाङ घर भएका ४८ वर्षीय लालबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कुमालको  सोही अस्पतालको दुई तलामाथिबाट लडेर मृत्यु भएको हो । 

    लडेर गम्भीर घाइते भएका कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार