सोमबार, भदौ ३१ गते २०८१

फिल्म ‘फूलबारी’ टिजर सार्वजनिक

फिल्म ‘फूलबारी’ टिजर सार्वजनिक

अखबार दैनिक
मंगलबार, पुस ५ २०७९
  • फिल्म ‘फूलबारी’ टिजर सार्वजनिक

    काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको फिल्मले दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारी र मनमुटावको कथा प्रस्तुत गरेको छ ।

    images


    फिल्ममा प्रियंका कार्की, गौमाया गुरुङ, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खनाल र अनुपम शर्माको अभिनय रहेको छ ।

    उपेन्द्र सुब्बाको पटकथा र किशोर मलपानीको कथा रहेको फिल्मले अभिभावक र सन्तानबीचको सम्बन्धको कथा पेस गर्छ । अमेरिकी छायांकार जोश हेरमको छायांकन रहेको फिल्म फागुन ५ गतेदेखि प्रदर्शन हुँदैछ ।

    कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्म यशोधा फिल्म्सको ब्यानरमा निर्माण भएको हो । रामबाबुले धेरैपछि आफ्नो ब्यानरबाट बाहिरको प्रोजेक्टको रुपमा फूलबारी निर्देशन गरेका हुन् ।

    ( भिडियो )
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ