आइतबार, मंसिर ९ गते २०८१

आफ्नो स्वास्थ्यमा समस्या भएको शाहरुख खानद्वारा खुलासा

आफ्नो स्वास्थ्यमा समस्या भएको शाहरुख खानद्वारा खुलासा

अखबार दैनिक
मंगलबार, पुस ५ २०७९
  • आफ्नो स्वास्थ्यमा समस्या भएको शाहरुख खानद्वारा खुलासा

    एजेन्सी । भारतीय अभिनेता शाहरुख खानले आफ्नो स्वास्थ्यमा समस्या देखिएको बताएका छ । खानले आफ्नो स्वास्थ्यमा समस्या भएको फिल्म ‘पठान’ को प्रमोशनको क्रममा बताएका हुन् ।

    images


    शनिबार १७ डिसेम्बरमा शाहरुखले १५ मिनेटसम्म ‘आस्क मी एनिथिङ’ सेसन राखेका थिए । यस क्रममा उनले आफूलाई संक्रमण भएको र यसका लागि विशेष डाइट पालना गर्नुपर्ने खुलासा गरे ।

    शाहरुखसँगको कुराकानीका क्रममा एक फ्यानले उनको खानपानको बारेमा प्रश्न गरेका थिए । यसको जवाफ दिँदै शाहरुखले भने, ‘संक्रमणका कारण आजकल मेरो स्वास्थ्य ठीक छैन, त्यसैले दाल र भात मात्रै खाइरहेको छु ।’ तर, के कारणले यो संक्रमण भएको हो भन्ने उनले बताएनन् ।

    पठानको गीत ‘बेशरम रंग’ रिलिज भएदेखि नै फिल्मले विरोधको सामना गरिरहेको छ । यसमा शाहरुख खान र दीपिका पादुकोणले निकै बोल्ड सिन दिएका छन् । यस गीतमा दीपिकाले लगाएकी बोल्ड लुगाका कारण फिल्मले विरोधको सामना गरिरहेको हो । यो गीत हेरेपछि मानिसहरुले यो गीत सेन्सर बोर्डबाट पास नहुनु पर्ने बताएका छन् ।

    फिल्म २५ जनवरी २०२३ मा रिलिज हुँदैछ । सिद्धार्थ आनन्दद्वारा निर्देशित यो फिल्म हिन्दी, तमिल, तेलुगु भाषामा रिलिज हुनेछ । यस फिल्ममा शाहरुख र दीपिकासँगै जोन अब्राहम पनि मुख्य भूमिकामा देखिनेछन् ।

    शाहरुख चार वर्षअघि २०१८ मा फिल्म ‘जिरो’मा देखिएका थिए । यसैबीच, उनी ‘ब्रह्मास्त्र’ र ‘रकेटरी’ जस्ता फिल्महरूमा क्यामियो (अतिथि भूमिका) मा देखा परेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार