बिहीबार , असोज ३ गते २०८१

मेस्सी र अर्जेन्टिनालाई पेलेको बधाई

मेस्सी र अर्जेन्टिनालाई पेलेको बधाई

अखबार दैनिक
मंगलबार, पुस ५ २०७९
  • मेस्सी र अर्जेन्टिनालाई पेलेको बधाई

    एजेन्सी – झण्डै एक महिना लामो कतार विश्वकप आइतबार अन्त्य भएको छ । अन्ततः आफ्नो अन्तिम विश्व कपमा लियोनल मेस्सी अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन सफल भएका छन् । विश्वभरबाट समर्थकहरुले बधाई दिने क्रम जारी छ । जसमा ब्राजिलियन महान खेलाडी पेलेले पनि अर्जेन्टिनालाई सफलताका लागि बधाई दिएका छन् ।

    images

    अर्जेन्टिनालाई बधाई दिने क्रममा उनले आफ्ना मित्र डिएगो म्यारोडोनालाई पनि स्मरण गरेका छन् । विश्वकप चलिरहँदा पेलेको मृत्यु भएको गलत हल्ला चलेको थियो । उनको परिवारले समवेदनाको ग्रहणबाट आजित भइसकेको बताएका छन् ।


    ‘सदाजस्तै आज फुटबलले आफ्नो कथाको निरन्तरता पाएको छ । लियो मेसीले आफ्नो विश्वकप जितेका छन् । उ त्यसका लागि उनीहरु हकदार थिए’, ८२ वर्षे पेलेले साउ पाउलोको अस्पतालबाट इन्स्टाग्राममा खेलेका थिए । झण्डै तीन साता उनी अस्पतालमा छन् । उनको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् ।

    पेले विश्वकै एक मात्र खेलाडी हुन् जसले ३ पटक सन् १९५८, १९६२ र १९७० मा विश्व कप जितेका थिए । उनले अर्जेन्टिनालाई बधाई दिएका छन् । अर्जेन्टिनाको यो तेस्रो विश्व कप उपाधि हो । फ्रान्ससँगको फाइनलमा ३–३ को बराबरीपछि पेनाल्टीमा ४–२ ले विजयी हुँदै मेस्सीको अर्जेन्टिनाले विश्व कप जितेको थियो ।

    मारियो केम्पेसको नेतृत्वमा १९७८, म्यारोडोनाको नेतृत्वमा १९८६ मा अर्जेन्टिनाले विश्व कप जितेको थियो । म्यारोडोनको दुई वर्षअघि निधन भएको थियो ।

    म्यारोडोनाको सम्झना
    ‘डिएगो पक्कै मुस्कुराइरहेका छन्’, पेलेले लेखेका छन् । उनले मोरोक्कोको प्रदर्शनलाई पनि चर्चा गरेका छन् । मोरोक्को विश्व कपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टोली बनेको छ । सेमिफाइनलमा मोरोक्को फ्रान्ससँग पराजित भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ