आइतबार, मंसिर ९ गते २०८१

वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिललाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९’

वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिललाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९’

अखबार दैनिक
सोमबार, पुस ४ २०७९
  • वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिललाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९’

    काठमाडौं: नेपाल हृदयरोग निवारण प्रतिष्ठानले वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिललाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९’ प्रदान गरेको छ। 

    images

    मुटु रोगको क्षेत्रमा योगदान दिएको भन्दै प्रतिष्ठानले शनिबार काभ्रेको बनेपामा आयोजित प्रतिष्ठानको ३१ औ वार्षिक साधारण सभामा यसवर्षको उक्त सम्मान डा अनिललाई प्रदान गरेको हो। 

    कार्यक्रममा काभ्रेका मेयर शान्ति रत्न शाक्य, मृगेन्द्र सम्झना चिकित्सा गुठीका अध्यक्ष डा मृगेन्द्रराज पाण्डे, प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले डा अनिललाई उक्त सम्मान प्रदान गरेका थिए। उक्त सम्मानले आफुलाई काम गर्न थप हौसला र उत्प्रेरणा मिलेको सम्मानित डा अनिलले बताए। 

    उनले भने, ‘मुटुरोग सम्बन्धी जनचेतनाको क्षेत्रमा मैले धेरै मेहनत गरेको छु। मैले गरेको मेहनत र योगदानलाई यो प्रतिष्ठानले सम्मानित गरेको छ। यसले मलाई थप हौसला मिलेको छ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार