बिहीबार , असोज ३ गते २०८१

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन

अखबार दैनिक
सोमबार, पुस ४ २०७९
  • फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबको फाइनल खेलमा फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमा ४-२ गोलले जित निकाल्दै अर्जेन्टिना च्याम्पियन बनेको छ । निर्धारित ९० मिनेटमा २-२ गोल र अतिरक्त समयमा १-१ गोल भएपछि खेल ३-३ गोलको बराबरीमा सकिए पछि खेल पेनाल्टीमा गएको हो । 

    images


    खेलको २२औं मिनेटमा अर्जेन्टिनाको लागि मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् । यस्तै उनले खेलको १०८औं मिनेटमा गोल गरे । यस्तै खेलको ३६औं मिनेटमा एन्जेल डिमारियाले गोल गरि २-० गोलको अग्रता दिलाएका हुन् । 

    पहिलो हाफमै २-० गोलको अग्रता बनाएको अर्जेन्टिाले दोस्रो हाफमा २ गोल खाएको थियो । एमबाप्पेले एक मिनेटको अन्तरमा २ गोल गर्दै खेल २-२ को बराबरी अबस्थामा फर्काएका थिए । यो सँगै जारी विश्वकपमा एमबाप्पे ८औं गोल गरे । 

    यता खेलको १०८औं मिनेटमा अर्जेन्टिनाको लागि कप्तान मेस्सीले गोल गरि ३-२ गोलको अग्रता दिलाए ।  यस्तै खेलको ११८ मिनेटमा एमबाप्पेले गोल गरि ३-३ गोलको बारबरी अबस्थामा ल्याएका थिए ।

    यो सँगै मेस्सीको कप्तानीमा अर्जेन्टिनाले पहिलो विश्वकपको उपाधि जितेको छ । यस्तै तेस्रो पटक अर्जेन्टिना विश्व च्याम्पियन बनेको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ