आइतबार, मंसिर ९ गते २०८१

कहाँ हराए वीर अस्पतालका १२ स्वास्थ्यकर्मी ? बर्खास्त गर्ने तयारी

कहाँ हराए वीर अस्पतालका १२ स्वास्थ्यकर्मी ? बर्खास्त गर्ने तयारी

अखबार दैनिक
आइतबार, पुस ३ २०७९
  • कहाँ हराए वीर अस्पतालका १२ स्वास्थ्यकर्मी ? बर्खास्त गर्ने तयारी

     

     
    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा १२ स्वास्थ्यकर्मी लामो समयदेखि बिना जानकारी हाजिर नभएपछि खोजी सुरु गरिएको छ । अस्पतालले आइतबार १२ जनाको नामसहित सूचना जारी गर्दै ३० दिनभित्र हाजिर हुन आउन भनेको छ ।

    बिनाजानकारी अस्पतालमा हाजिर नहुनेमा एक चिकित्सक, नौ स्टाफ नर्स र दुईजना अनमी छन् । अस्पतालका रजिष्ट्रार÷ट्युटर डा. सृष्टि शाह र स्टाफ नर्सहरू (पाँचौँ तह) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल बिनाजानकारी अस्पतालमा हाजिर भएका छैनन् ।

    images

    यस्तै, सोही तहका स्टाफ नर्सहरू सकिला चौलागाईं, अन्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारी पनि लामो समयदेखि बिनाजानकारी अनुपस्थित रहेको अस्पतालले जनाएको छ ।

    यसरी हराउनेमा छैटौँ तहका अनमी साहिदा सुब्बा र अनिता बसेल पनि छन् । उनीहरू सबै न्याम्सअन्तर्गतका स्थायी कर्मचारी हुन् ।

    बिना जानकारी लामो समयदेखि अनुपस्थित स्वास्थ्यकर्मीका कारण अस्पतालको सेवा प्रभावित भएको निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । “हामीले बीचमा विभिन्न माध्यमबाट उहाँहरूलाई खोज्यौँ । तर, सम्पर्कमा नआएपछि सार्वजनिक सूचना जारी गरिएको हो । तोकिएको अवधिमा नआए उहाँहरूलाई बर्खास्त गर्ने तयारी गरेका छौँ,” डा. बस्नेतले भने ।

    haraye nurse 21671346108.jpgnurse haraye bir ma1671346077.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार